१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

चिट चोरेर शिक्षकमा जागिर खाने घनश्याम भण्डारी र चिट चोराउने कांग्रेस नेता शाही पक्राउ


१० माघ, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षा सञ्चालन हुनुअघि नै प्रश्नपत्र र उत्तरकुञ्जिका परीक्षार्थीलाई पठाएको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको छ । आयोगले पक्राउ गरेकाहरुमा भक्तबहादुर शाही, घनश्याम भण्डारी र दलबहादुर विक रहेका छन् ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार दैलेखको डुङ्गेश्वर ५ स्थित पिपलचौतारा माविमा भर्ना छनौटको क्रममा अख्तियारको दुरुपयोग गरिएको हो । समितिका संयोजक समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर शाहीले परीक्षार्थीलाई मैसेन्जरमा प्रश्नपत्र पठाएको अनुसन्धानबाट खुल्न आएको हो ।

शाही डुङ्गेश्वर गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य समेत हुन । उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । भण्डारी पनि कांग्रेसकै कार्यकर्ता रहेको स्थानीयले बताएका छन ।

परीक्षाको नतिजा प्रकाशन भएपछि उजुरीको आधारमा अनुसन्धान गरिएको थियो । अध्यक्ष शाहीले प्रश्नपत्र र उत्तरकुञ्जिका पठाएका परीक्षार्थी उत्र्तिण भएपछि आयोगमा उजुरी परेको थियो । नतिजाबाट छनोट भइसकेका शिक्षक घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुरलाई आयोगले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार ०९:०७