१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

फ्राइडे रिलिज : देशभर ‘कमाण्डर’


१० माघ, काठमाडौं । आज शुक्रबार एउटा मात्रै नेपाली चलचित्र ‘कमाण्डर’ रिलिज भएको छ । समसायिक राजनीति, भ्रष्टाचार, तस्करीलगायत विकृतिविरुद्धको आवाजका रूपमा अर्थ्याइएको चलचित्रको लेखन, निर्माण र निर्देशन एलआर विवेकले गरेका हुन् ।

हरेक शुक्रबार दुई या दुईभन्दा बढी नेपाली चलचित्र भिड्दै आएकोमा पुसयता भने प्रदर्शनको क्रम घटेको छ । यही मेलोमा ‘कमाण्डर’ ले पनि सिंगल रिलिजको अवसर पाएको हो । फिल्ममा अनुपविक्रम शाही, रविन तामाङ, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, दिनेश केसी, कालु राना, तेजा ऐरका साथमा नवनायिकाद्वय साधना सिलवाल र सगुन थापा मुख्य भूमिकामा छन् ।

सुपेरियर फिल्मसको ब्यानरमा बनेको चलचित्रको सहनिर्मातामा सावनजंग राना छन् । दिव्य सुवेदीले खिचेको चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, पवित्रा आचार्यको कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ । फिल्मलाई आरआर फिल्मसले वितरण गरेको हो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार ०८:०३