११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

सांसद दिपक मनाङ्गे पोखराबाट पक्राउ


९ माघ, कास्की । प्रहरीले गण्डकी प्रदेशका सासंद दिपक मनाङ्गे भनिने राजिव गुरुङलाई पक्राउ गरेको छ । सांसद मनाङ्गेलाई जिल्ला अदालत पोखराले पक्राउ पूर्जी जारी गरेपछि प्रहरी टोलीले पोखराबाट  पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले मनाङ्गेलाई पक्राउ गरेर म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी भइरहेको  बताए ।

एन्फा जिल्ला अध्यक्ष मिलन गुरुङले दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।गुरुङले बुधवार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए । पक्राउ पर्नुअघि मनाङ्गेले बिहीवार बिहान राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेका थिए ।

स्वतन्त्र उम्मेदवार भएर मनाङबाट निर्वाचित सांसद मनाङ्गे केही महिनापछि नेकपामा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार १६:२८