८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने छुट संगठनमा कसैलाई छैन: आइजीपी खनाल


९ माघ, काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रमुख (आइजीपी) शैलेन्द्र खनालले संगठनमा नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नभएकाे बताएका छन् । खनालले १९ औं सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सो कुरा बताएका हुन् ।


खनालले संगठनमा राम्रा काम गर्नेलाई उचित पुरस्कार दिने बताउँदै भ्रष्ट आचरणका कर्मचारीलाई कडाभन्दा कडा कारवाही गरिने नीति अनुरुप सबैलाई जिम्मेवार र जवाफदेही बन्न निर्देशन दिए । संगठनको मूल्य, मान्यता र आचरण विरुद्धको काम गर्ने १२ सय ९७ जना कर्मचारीलाई कारावही गरिएको समेत खनालले जानकारी दिए ।

खनालले आफ्नो कार्यकालमा संगठनभित्र राम्रो काम गर्ने ५ सय २१ जना कर्मचारीहरुलाई पुरस्कृत गरिएको जानकारी दिए । खनालले राम्रा कामहरु गर्दा आइपर्ने कठिनाइहरुको जवाफदेहिता लिन संगठन प्रमुखको हैसियतले आफु सँधै तयार रहेको उनले बताए ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार १५:२८