१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कोपा डेल रे फुटबल :  बार्सा २-१ ले विजयी


९ माघ, काठमाडौं । कोपा डेल रे फुटबलमा इबिजाबिरुद्ध बार्सिलोनाले २-१ को जित आत्मसात् गरेको छ । यो खेलमा लियोनल मेसी र जेरार्ड पीके भने थिएनन् ।

बुधबार राति अन्तिम ३२ को खेलमा बार्साले तेस्रो डिभिजनको क्लब इबिजालाई २-१ हराउँदा एन्टोनी ग्रिजम्यान नायक बने । उनकै २ गोलले बार्साले जितको स्वाद चाख्न पायो ।

मेसी र जेरार्डलाई विश्राम दिदै ग्रिजम्यानलाई पहिलो रोजाइमा मैदान उतारिएको थियो । खेलको नवौं मिनेटमा जाभी पेरेजले गोल गर्दै इबिजालाई सुरुवाती अग्रता दिलाए पनि बार्साका ग्रिजम्यानले ७२औं र इन्जुरी समयमा गोल गर्दै बार्सालाई जित दिलाएका हुन् ।

बार्सिलोनाले कोपा डेल रे को अहिलेसम्म ३२ पटक उपाधि जितेको छ भने पछिल्ला ५ सिजनमा उसले चारपटक उपाधिमाथि कब्जा जमाएको छ । –एजेन्सी

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार ०८:१२