७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कांग्रेस नेता कृष्णबहादुर महराले आफ्नै संस्था मार्फत पर्यटन बोर्डको बजेट यसरी गरे दुरूपयोग


९ माघ, काठमाडौँ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल पर्यटन बोर्डका सदस्य कृष्णबहादुर महराले आफैँ अध्यक्ष रहेको सस्थामा बोर्डबाट बजेट हाल्न लगाएर पदको दुरूपयोग गरेको खुलासा भएको  । महराले बोर्डको बजेट आफू नेतृत्वकै संस्थामा लगेर पदीय दुरूपयोग गरेको प्रमाण दैनिकीले प्राप्त गरेको । दैनिकीसँग प्राप्त प्रमाणमा महराले ७८ लाख रूपैयाँ आफ्नो संंस्थामा पुर्याउन सफल भएका छन ।

आफैँ बोर्डको सदस्य रहेका महराले आफू अध्यक्ष रहको पर्यटन विकास संस्था (TDS) मा २ वर्षमा ७८ लाख लैजान सफल भएका हुन । पर्यटन बोर्डको बजेटको सूची हेर्दा उनले आर्थिक वर्ष २०७५र०७६ मा एउटा कार्यक्रममा १८ लाख र अर्कोमा १० लाख गरी कुल २८ लाख लगेका छन भने चालु आर्थिक वर्षमा ५० लाख रूपैयाँ लैजान सफल भएका छन । बोर्डका कर्मचारी र प्रमुख कार्यकारी अधिकृतलाइ प्रभावित पारेर उनले यति धेरै बजेट आफ्नो सस्थामा पुर्याएका हुन ।

उनले पदीय दुरूपयोग गरेर बजेट आफ्नै सस्थामा लगेर झ्वाम पारेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान अघि बढाएको छ । पछिल्लो समय भ्रष्टाचारको अखडा बनेको बोर्डमा अख्तियारले निरन्तर निगरानी राखीरहेको छ । उनले आफ्नो संस्थामा लगेको रकम दुरूपयोगमा सहयोग पुर्याउन बोर्ड सिइओ नियुक्तिमा पनि चलखेल गरे ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार १०:०१