१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

दीपक मनाङेको प्रश्नः भ्रष्टचारीलाई झापड नहानेर के माला लगाइदिउँ ?


८ माघ, काठमाडाैँ । गण्डकी प्रदेशसभाका सांसद दिपक मनाङेले पत्रकार सम्मेलन गरेर प्रश्न गरेका छन । उनले के भ्रष्टचारीलाई झापड नहानेर माला लगाइदिउँ ? भन्ने मुख्य प्रश्न गरेका छन । सांसद गुरुङले बुधबार पत्रकार सम्मेलन गरेर एन्फा कास्कीका अध्यक्षमाथि भ्रष्टाचार गरेको आरोप लगाए । ठगेको कारण झापड हानेको उनको भनाइ छ । झापड हानेर ठीक गरे भन्न खोज्नु भएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘मलाई एकदमै राम्रो लागेको छ । तपाईँलाई नराम्रो लागेको छ भने लेख्नुस्। के भ्रष्टचारीलाई झापड नहानेर माला लगाइदिउँ ?’

उनले मनाङबाट आएका १८ जना खेलाडीलाई अलपत्र पारेपछि झापड हानेको बताए । मनाङबाट मुख्यमन्त्री कप खेल्न आएका खेलाडीलाई मिलन र एन्फाले अलपत्र पारेको उनको दाबी छ । मंगलबारदेखि सुरु भएको मुख्यमन्त्री कपको उद्घाटन खेल अगाडि सांसद गुरुङले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए । गुरूङले अाफूविरूद्ध जाहेरी हालेर केही नहुने भन्दैल अाफूले पनि ५० वटा ठगी गरेको उजुरी हालिदिने चेतावनी  दिए ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार २३:१६