११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

माइतीघरमा दुख नगर्नुस्, सभामुखका विषयमा सिंगो राष्ट्र एक भइसक्योः अध्यक्ष प्रचण्ड


२ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुखमा सिफारिस अग्निप्रसाद सापकोटाका विषयमा मानवअधिकारवादीहरुले माइतीघरमा गरेको प्रदर्शनको कुनै तुक नभएकाे बताएका छन् । अध्यक्ष प्रचण्डले मानवअधिकारवादीहरुलाई बुधबार आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रममा  सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएका बेला माइतीघरमा दुःख नगर्न आग्रह गरेका हुन् ।


प्रचण्डले भने,‘हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिसक्यो । अब साथीहरुले किन दुःख गरेका हुन् जाडोमा ।प्रचण्डले ’प्रतिपक्षी दलहरुले समेत समर्थन गरेको अवस्थामा माइतिघरमा दुःख नगर्न मानवअधिकारवादीहरुलाई  सुझाव दिए । बुधबार दिउँसो मावनअधिकारवादीहरुले अदालतमा मुद्धा चलिरहेको व्यक्तिलाई सभामुख बनाउन लागिभएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार २०:०३