१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

मालाश्री मोटर्स टि भी एस शोरुममा नयाँ बाइक किन्ने ग्राहकको भिड


८ माघ, काठमाडाैँ । नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले चितवन को नारायणघाट शोरुम मा ‘’थामिएको जिबन को रफ्तारमा बदल्न परिवर्तन जरुरि छ” भन्ने नारा को साथ् मेघा एक्सचेञ्ज योजना माघ ५ गते देखि माघ ९ गते सम्म संचालन गरिरहेको छ ।

जगदम्बा मोटर्स ले विभिन्न आकर्षक मोडलहरु तथा पावर इन्जिनहरुमा मोटरसाईकल तथा स्कूटरहरु उपलब्ध गराई बिक्रिवितरण गर्दै आएको छ र ग्राहक को सुबिधा को लागि कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल तथा स्कुटर छोडेर जानुस आफ्नो थामिएको जिबन को रफ्तारमा बदल्न परिवर्तन जरुरि छ त्यसको लागि नया बाइक तथा स्कुटर लिएर जानुस भन्ने उदेश्य ले यो मेघा एक्सचेन्ज गरिएको हो |

यस योजनामा ग्राहकहरुले ३ तरिकाबाट नयाँ टिभीएस मोटरसाईकल तथा स्कुटर रोज्ने सुबिधा प्राप्त गर्नेछन् । पहिलो सुबिधा अन्तर्गत आफूसँग भएको मोटरसाईकलको बजार भ्यालुएसन मा थप १५००० भ्यालुएसन प्राप्त गर्ने छन् , त्यस्तै दोस्रो सुविधामा बाइक तथा स्कुटर को खरदि मा ७००० पक्का नगद छुट प्राप्त गर्ने छन् र तेस्रो सुविधामा शुन्य प्रतिशत फाइनान्समा बाइक तथा स्कुटर प्राप्त गर्ने छन ।
यसका अतिरिक्त टिभीएस टु ह्वीलर खरिद गर्दा हेलमेट पनि उपहार स्वरूप प्राप्त गर्नेकुरा जगदम्बा मोटर्स टि भी एस का रिजनल अफिसर देबेन्द्र ढुङ्गा ले जनाउनु भएको छ | टि भी एस एन्टर्क रेस एडिसन र एक्सेल हन्ड्रेट मा माथि उल्लेखित स्किमहरु लागु हुने छैन भने यो मेघा एक्सचेन्ज अफर बाट ग्राहक हरुलाई धेरै नै फाइदा पुगेको र भोलि अन्तिम दिन सम्म ग्राहको भिड साथै बिक्रि को लक्ष्य पुरा गर्ने टि भी एस शोरुम नारायणगढ मा रहेको मलाश्री मोटर्सका प्रबन्ध निर्देशक भीमसेन श्रेष्ठ ले बताउनु भयो |

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार १८:४०