१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

दीपक मनाङे भन्छन, ‘म माननीय हो, झापड हान्ने अधिकार मसँग छ, अरू भ्रष्टलाई पनि हान्छु’


८ माघ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका गण्डकी प्रदेशका सांसद दीपक मनाङे एन्फा कास्कीका अध्यक्ष मिलन गुरूङलाइ झापड हानेपछि उनको चर्चा विशेष रूपमा चलिरहेको छ । चर्चा चल्नुको मुल कारण केहीदिन अघि नेकपाले जारी गरेको आचारसंहिता हो । आचारसंहिता जारी भएको तेस्रो दिननै सांंसद मनाङेले एन्फा अध्यक्षमाथि हातपात गरेपछि धेरैले सामाजिक सञ्जालमा यही सन्दर्भ जोडेर चर्चा गरिरहेका छन ।

पोखरामा मंगलबारदेखि सुरु भएको मुख्यमन्त्री कपको विशेष अतिथिको रुपमा डाकिएका मनङेले त्यही एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेका हुन । दैनिकीले मनाङेसँग झापटको विषयमा जिज्ञाशा राख्नदा उनले गेमका नाममा भ्रष्टाचार गर्ने भन्दै झोक्किएँ । उनले आफूसँग मिलनले भ्रष्टाचार गरेको प्रमाण भएर झापट हानेको बताए । उनले एन्फाका केन्द्रीय अध्यक्ष कर्मा छिरिङलाइ झापट हान्ने मन बताए । उनले गेम सरेको विषयमा समेत खेलाडीलाइ जानकारी नदिएको भन्दै रोस प्रकट गरे ।

उनले एन्फाले पैसा खुवाएर केही पत्रकार मार्फत राम्रो समाचार लेखाउने र अतिथि पनि चन्दा उठाएर ल्याउने गरेको आरोप लगाए । उनले आफूलाइ विशेष अतिथि बनाएकोमा पनि असन्तुष्टि व्यक्त गरे । उनले गण्डकी प्रदेशभरीका भ्रष्टारीलाइ झापड हान्ने बताए ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार १०:२८