१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मृतक ८ जना भारतीय पर्यटकको पहिचान खुल्यो (नामावली सहित)


७ माघ, काठमाडौँ । मकवानपुरको ‘एभरेष्ट पानोरमा रिसोर्टमा’ बेहोस भई ज्यान गुमाएका ८ जना भारतीय पर्यटकको सनाखत भएको छ ।प्रहरीका अनुसार भारतीय नागरिक ३९ वर्षिय प्रविन कृष्ण नाहिर, उनकी श्रीमती ३४ वर्षिया सार्नया श्रीभारदह, (४ वर्षकी छोरी) अर्की छोरी ६ वर्षकी अर्चा र छोरा ५ वर्षका अभिनवको मृत्यु भएको हो । त्यस्तै ३९ वर्षिय रन्जित कुमार, उनकी श्रीमती ३४ वर्षिय इन्दु रन्जित र २ वर्षिय बालक वैस्णव रन्जितको मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी प्रमुख डिएसपी उमेश लम्सालले जानकारी दिए ।

मंगलबार बिहान होटलमा बेहोस अवस्थामा भेटेपछि होटलका कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए । लगत्तै प्रहरी घटनास्थल गएको थियो । लम्सालका अनुसार उनीहरुको मृत्यु बन्द कोठामा अक्सिजनको कमी भएको कारण हुनसक्ने प्रारम्भिक अनुमान छ । घटनाबारे वृस्तितमा अनुसन्धान भइरहेको छ ।

बेहोस अवस्थामा उद्धार गरिएका उनीहरुलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएतापनि उनीहरुको ज्यान बचेन । हेम्स अस्पतालमा आकस्मिक कक्षमा उपचारका क्रममा उनीहरु आठै जनाको मृत्यु भएको हो । डीएसपी लम्सालले ‘पोष्टमार्टमका लागि उनीहरुको शब त्रिवि शिक्षण अस्पताल महाराजगंज लैजाने तयारी भइरहेको बताए ।

याे पनि पढ्नुहाेस्ः

-पानोरमा रिसोर्टमा ८ भारतीय पर्यटक अचेत अवस्थामा भेटिए, उपचारका लागि काठमाडौँ ल्याइँदै

-पानोरमा रिसोर्टमा अचेत भेटिएका आठैजना भारतीय पर्यटकको मृत्यु

 

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार १३:४६