१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

सभामुखमा अग्नि सापकोटाले गराए उम्मेदवारी दर्ता


७ माघ, काठमाडौँ । नेकपाका सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । सापकोटाले मंगलबार बिहान सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।सापकोटाले उम्मेदवारी दर्ता गराए लगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै जननिर्वाचित संस्थालाई थप गरिमामय बनाउन भूमिका खेल्ने बताए ।

सभामुख निर्वाचनमा कांग्रेस भने सहभागी नहुने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो । योसँगै सभामुखमा सापकोटाको मात्रै एकल उम्मेदवारी हुने भएको छ । उपसभामुखबाट शिवमाया तुङ्वाहाम्फेले  राजीनामा दिएपछि यो पद पनि रिक्त छ । यसको निर्वाचन प्रक्रिया भने १२ गतेपछि सुरु हुने बताइएकाे छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार १२:२१