१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कांग्रेसले सभामुखमा उम्मेदवारी दिने आँट गरेन


७ माघ, काठमाडौँ । नेपाली कांग्रेस सभामुखमा उम्मेदवारी दिने बाटोबाट भागेको छ । पराजित हुने निश्चति भएको सभामुखमा उम्मेदवारी नदिने भन्दै कांग्रेस भागेको हो । कांग्रेस संसदीय दलको मंगलबार विहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

कांग्रेसको यस्तो निर्णयपछि नेता कार्यकर्ताले सभामुखमा उम्मेदवारी दिने आँट नगरेर गल्ती गरेको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन । संसदमा प्रष्ट बहुमत भएको नेकपाले भने काभ्रेका अर्जुन लामाको हत्या आरोपी सिन्धुपाल्चोकका सासद अग्नि सापकोटालाइ उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार १२:११