६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

पाकिस्तानका गृहमन्त्री इकबालमाथि गोली प्रहार, पाखुरामा गोली लागेका इकबाल खतरामुक्त


२४ वैशाख, कठमाडौँ । पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि गोली प्रहार भएको छ । गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै इकबालका सहयोगी असिम खानले अहिले खतरामुक्त रहेको बताएका छन् । गृहमन्त्री इकबाललाई पाखुरामा गोली लागेको छ ।

उनलाई पन्जाव प्रान्तको नारोवाल शहरमा भएको कार्यक्रममा गएका बेला गोली लागेको हो । प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ । गृहमन्त्री इकबालमाथि के कारणले गोली चलाइयो भन्ने बारे खुलेको छैन ।

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार ०९:१३