१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

रसुवागढी नाका १५ दिन बन्द, आयात-निर्यात ठप्प हुने


७ माघ, रसुवा । चीनको रसुवागढी नाका १५ दिनका लागि बन्द भएको छ । यो बीचमा आयात र निर्यात दुबै ठप्प हुने भएको छ । ल्होसारका कारण चीनमा सार्वजनिक बिदा दिइएकाले आयात र निर्यात पूर्ण रूपमा प्रभावित हुने भएको छ । मङ्गलबारदेखि चीनमा नयाँ वर्षको विदा दिइएको छ ।

नेपाली व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार रसुवागढी नाकाबाट १५ दिन सामग्री आयात तथा निर्यात हुनेछैन । लोड भएर सोमबारसम्म सिल भएका झण्डै ६० वटा गाडी भने नेपाल भित्रने छन । पाैडेलका अनुसार नयाँ वर्षको सार्वजनिक बिदा सकिएपछि मात्रै त्यहाँ सिल लगाउने काम सुरु हुने छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार ०९:१३