८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

गोविन्द केसीका समर्थक गाडी व्यापारी रेग्मी कसरी परे पर्यटन बोर्डको सिईओको एक नम्बरमा ?


६ माघ, काठमाडाैँ । हाडजोर्नी रोगको विशेषज्ञ भएर पनि अनशसनका माध्यमबा स्थापित भएका वरिष्ठ चिकित्सक डा गोविन्द केसीका कट्टर समर्थक गाडी व्यापारी धनन्जय रेग्मी नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तिको सिफारिसमा कसरी एक नम्बरमा परे भन्ने विषयमा खोजी सुरू भएको छ ।

बोर्डले गठन गरेको सिफारिस उपसमितिले पर्यटन क्षेत्रमा १० भन्दा बढी अनुभव भएकाहरूलाइ पन्छाएर पर्यटन क्षेत्रमा १० वर्षको अनुभव समेत नभएका गाडी व्यापारी रेग्मीको नाम एक नम्बरमा सिफारिस भएपछि उपसमितिको नियतामा शंका गर्न थालिएको छ । पछिल्लो समय विभिन्न कार्यक्रमका फाइलहरू अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिइरहेकोमा सिईओको छनौट उपसिमितले गरेको सिफारिस  र त्यसको अध्यनको फाइल पनि अख्तियार नै पुग्ने हो कि भन्ने आशंका समेत गरिएको छ ।

एक नम्बरमा आफ्नो नाम सफारिस गराउन सफल रेग्मीको पर्यटन क्षेत्रमा १० वर्षको अनुभव नरहेको पर्यटन क्षेत्रका जानकारहरू बताउँछन । सिईओ हुने योग्यताको एउटा महत्वपूर्ण बुँदा अनुभव पनि रहेको थियो । उपसमितिले नाम सिफारिसमै गडबड गरेका कारण बोर्डको बैठक बस्न समस्या देखिएको छ । बोर्डको बैठक दोस्रो पटक सोमबार स्थगित भएको छ ।

रेग्मीकै कारण बैठक स्थगित हुन पुगेको बोर्डका एक जना सदस्य कृष्णबहादुर महराले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन । उनले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराइको बचाउ गर्दै सचिव केदारबहादुर अधिकारी माथि आक्रोश पोखेका छन । उनले मालपोत र सडक कार्यालयपछि अख्तियारको नजर दिनहुँ बोर्डमा परेको भन्दै रेग्मी सिईओ नियुक्त नभए जे पनि हुन सक्ने चेतावनी दिएका छन । उनले लेखेको स्टाटस यस्तो छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार २२:२६