८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

देउडामा उदाउँदै रेखा जोशी


-शेरबहादुर सिंह

६ माघ, भीमदत्तनगर । ‘कामप्रतिको लगाव र परिश्रमले जुनसुकै क्षेत्रमा सफल भइन्छ’ भन्ने उदाहरण युवा देउडा गायिका रेखा जोशी बन्नुभएको छ । पछिल्लो समय उहाँले आफूलाइ सुदूरपश्चिमको देउडा क्षेत्रमा अब्बल सावित गराउन सफल हुनुभएको छ ।

पाँच वर्षअघि मात्रै देउडा गायन क्षेत्रमा उहाँ प्रवेश गर्नुभएको थियो । कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखा निवासी उहाँका कर्णप्रिय देउडा गीत सुन्न श्रोता औधि मनपराउँछन् । उहाँ यहाँका देउडा पारखीको मनमनमा पस्न सफल हुनुभएको छ । उहाँले पाँच वर्षको अवधिमा ७०० भन्दा बढी देउडा, लोक तथा सुदूरपश्चिमको ठाँडी भाकामा स्वर दिइसक्नुभएको छ ।

उहाँले विसं २०७१ मा ‘घुटुक्क बाडुली लाग्या’ बोलको गीतमा पहिलोपटक स्वर दिनुभएको थियो । यसपछि देउडा गीत बजारमा आउने क्रम रोकिएको छैन । “तीन वर्षअघि बजारमा आएको ‘मैना’ एल्बमले सुदूरपश्चिमको देउडा क्षेत्रमा मलाई परिचित गरायो ।” उहाँले भन्नुभयो, “मैना गीत युटुबमा समेत २६ लाखभन्दा बढीले हेरे ।”

उहाँ काठमाडाँैको शङ्करदेव क्याम्पसमा स्नाकोत्तर तहको अध्ययन गायिका जोशी यतिबेला सुदूर र कर्णाली प्रदेशका भइरहेका मेला महोत्सवको कार्यक्रममा व्यस्त रहनुभएको छ । “देउडाले पनि सुदूरपश्चिमलाई मुलुकभर चिनाएको छ ।” उहाँले भन्नुभयो, “विदेशमा पनि नेपाली देउडा भन्नासाथ हुरुक्कै हुन्छन् ।” प्रदेशको पीडा, सुदूरपश्चिमको कला, संस्कृतिलाई संरक्षण एवं सम्वद्र्धनमा समेत देउडा गीत सहयोग बन्दै आएको र आफू यहाँका पर्यटकीयस्थलको समेत साङ्गीतिक यात्रामार्फत प्रचारप्रसारमा जुटिरहेको उहाँले बताउनुभयो ।

“भारतको दिल्ली, बैंग्लोर, मुम्बैदेखि कतार, दुबई, कोरियासम्म देउडा गायनका क्रममा पुगेको छ ।” उहाँले भन्नुभयो, “गायनबाट अध्ययनलाई प्रभावित हुन दिएको छैन ।” हाल सुदूरपश्चिम प्रदेशको लोकदोहरी प्रतिष्ठानको सदस्यसमेत रहनुभएकी गायिका जोशीले आफू स्कूले समयदेखि नै गायनमा बुबाआमासँगै लागेको बताउनुभयो ।

“बुवा र आमा पनि देउडा गीत राम्रै गाउनुहुन्थ्यो ।” उहाँले भन्नुभयो, “दुवै दाजुहरुले पनि गायनका क्रममा स्टुडियो पु¥याउनसम्म ठूलो सहयोग गरे ।” करिब तीन वर्ष यहाँको स्थानीय रेडियोमा कामसमेत गर्नुभएकी जोशीलाई विगत केही वर्षयता यहाँका हरेक साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रममा स्थान दिँदै आइएको छ । “बंैकिङ क्षेत्रमा जाने ठूलो चाहना थियो ।” उहाँले भन्नुभयो, “देउडा यहाँको संस्कृति भएकाले पनि हामी युवा पुस्ता यसको जगेर्नामा लाग्नुपर्छ ।”

पछिल्लो समय यहाँको देउडा गायन क्षेत्रमा निकै सक्रिय र व्यस्त रहेकी जोशीले लोप हुन लागेको देउडामा नयाँ क्रेज थपिएको बताउनुभयो । “युवापुस्ता पनि देउडामा नयाँपन ल्याउँदा झम्मिरहेको देख्छु ।” उहाँले भन्नुभयो, “गायनबाटै सम्मान र दामसमेत पाएकै छु ।” पछिल्लो समय युवापुस्तामाझ निकै लोकप्रिय बनेका देउडा गायक लालबहादुर धामी (अछामी बड्डो) ले गायिका रेखा जोशी छोटो समयमै सफल कलाकारका रुपमा लिनुहुन्छ । “देउडामा थोरै समयमा रेखाले राम्रो प्रगति गरिँन ।” उहाँले भन्नुभयो, “उनलाई यहाँका अग्रजको पनि साथ र सहयोग छ ।”

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार १०:३७