१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

‘कालीको ठुम्का’ यस्तो (भिडियोसहित)


६ माघ, काठमाडौं डान्स जनराको गीत ‘कालीको ठुम्का’ सार्वजनिक भएको छ । गीतको भिडियोमा सरोज अधिकारी, आश्मा विश्वकर्मा, निर्मल लामालगायत फिचरिङ भएका छन् ।

कार्टुन क्रुज तथा भीमफेदी गाइजको डान्स हेर्न लायक छ । कालीको भूमिकामा आश्मालाई फिचरिङ गरिएको छ ।

अजित घिमिरेको स्वरमा रहेको गीत ‘कालीको ठुम्का’ सुन्दा पनि कर्णप्रिय लाग्छ । गीतमा गायक घिमिरेकै शब्द/संगीत, उदयराज पौडेलले एरेन्ज गरेका छन् ।

भिडियोको निर्देशन निर्मल लामाले गरेका हुन् भने पवन सुसलिङको छायांकन तथा सम्पादन छ । गायक घिमिरेले यसअघि सांगीतिक एल्बम ‘प्रस्तुति’ सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार ०९:१२