१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

४० बर्षीया महिलालाई बलात्कार गरेर अहेव टोकबहादुर फरार, पीडितलाई २० हजारको प्रलोभन


६ माघ, कावासोती । महिलालाई (जवरजस्ती करणी) बलात्कार गरेर एक अहेव फरार भएका छन छन् । जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार बुलिङटार–४ अर्खला स्वास्थ्य चौंकीमा कार्यरत अहेव छैठौं तहमा कार्यरत टोकबहादुर सुस्लिङले माघ २ गते बिहिबार साँझ ती महिलालाई बलात्कार गरेको अभियोगमा मुद्दा चलाएको छ ।

४० बर्षीय महिलालाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएको र अहेब सुस्लिङलाई पक्राउ गर्न प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय कावासोतीमा प्रहरी उपरिक्षक मोहन पोखरेलले जानकारी दिए । उनले भने, ‘घटना थाहा पाउने बित्तिकै प्रहरीलाई घटनास्थल पठाएको छ ।’ पीडित महिलाको स्वास्थ्य जाँच समेत गरिएको प्रहरीले जनाएको छ । घटना भएको तीनसम्म अभयिुक्त पक्राउ नपरेको भन्दै स्थानीयले अहेबलाइ भगाइएको आशंका गरेका छन ।

प्रहरीले खोजतलासी गर्न ढिला गर्न नहुने महिला अगुवा लिला भण्डारीले बताइन । घटना गाउँमै माफ मगाउने र रु बीस हजार दिएर मिलापत्र गर्ने धम्की दिएपछि हामी प्रहरीको शरणमा आएका हौं पीडित महिलाका श्रीमानले भने, ‘ अहिले पनि त संग मुद्दा लड्ने पैसा छैन मुद्दा फिर्ता लिई भन्दै पीडकका आफन्तहरुले दवाव दिएका छन् ।’ पीडकलाई पक्राउ नगर्दा हामी माथि दवाव र धम्की आएका छन् जति छिटो प्रहरीले उसलाई पक्राउ गर्नुपर्र्यो उनले भने, ‘मेरा लागि खाना लिएर आएकी श्रीमतीलाई एक्लै पारेर जवरजस्ती गर्नेलाई कारबाही हुनुपर्छ’ । मेरो श्रीमतीलाई उल्टै कान्छी बनाउन लैजान्छु तँलाई पैसा दिन्छु भनेर आएका छन् अन्यायमा परेकाले न्याय पाइदैन ?उनले भने – दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ।

गाउँमा पहिला–पहिला पनि यस्ता घटना घट्दा गाउँले बसेर मिलापत्र गर्न जनपतिनिधिहरुले दवाव दिने गरेकाले आरोपितहरुको मनोबल बढ्ने गरेको स्थानीयबासीको भनाई छ । कानूनी रुपमा दोषीलाई कारबाही हुने अबस्था आउनुपर्छ बुलिङटारका यमबहादुर सारुले भने ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार ०९:११