७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

स्पेनिस ला लिगा : ग्रानाडालाई १-० ले हराउँदै बार्सिलोना शीर्ष स्थानमा


६ माघ, काठमाडौं स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले जित निकालेको छ । जितसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।

यो खेलमा बार्सिलोनाले ग्रानाडालाई १-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी नायक बने ।

खेलको ७६औं मिनेटमा मेस्सीले गरेको गोल नै निर्णायक बन्यो । ६९औं मिनेटमा साञ्चेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ग्रानाडा १० खेलाडीमा सीमित बनेको थियो ।

मेस्सीको गोलसँगै बार्सिलोना ४३ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ग्रानाडा २७ अंकसहित १०औं स्थानमा छ ।

मेस्सीले जितसँगै नयाँ प्रशिक्षक क्विक सेटिनलाई क्लबमा स्वागतसमेत गरेका छन् । अर्नेस्टो भाल्भर्डेलाई बर्खास्त गर्दै सेटिनलाई बार्सिलोनाले नयाँ प्रशिक्षकमा नियुक्त गरेको थियो । डेब्यु खेलमै सेटिनले जित हासिल गरेका हुन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार ०७:५८