१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

गायिका आस्था राउतविरूद्ध पक्राउ पुर्जी जारी


५ माघ, काठमाडौँ । गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा  पक्राउ पुर्जी जारी भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा राउतलाई पक्राउ गर्न अनुमति दिएको हाे ।

बधुबार काठमाडौँ-भद्रपुर उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेकी थिइन् । प्रहरी प्रधान कार्यालय, नक्सालले भिडियो भाइरल भएपछि अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो ।

त्यसपछि रानीपोखरीबाट विमानस्थलमा भएको घटनाबारे छानबिन सुरु भएको थियो । छानबिनका क्रममा संकलन गरिएको सिसीटिभी फुटेजबाट आस्थामाथि दुर्व्यवहार नभइ, उनले चाहिँ महिला प्रहरी रमिला श्रेष्ठलाई अभद्र व्यवहार गरेको देखिएको प्रहरी दाबी छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आईतवार १३:५३