१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सेभियालाई २-१ ले हराउँदै रियल शीर्ष स्थानमा


५ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले जित हात पारेको छ । जितसँगै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

सेभियालाई २-१ गोल अन्तरले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा रियलको जितमा कासिमिरोले दुवै गोल गरेका थिए । सेभियाका लुक डी जोङले १ गोल फर्काए ।

सान्टियागो बेर्नाबेउमा पहिलो हाफ गोलरहित बराबरी खेलेको रियलले ५७औं मिनेटमा कासिमिरोको गोलबाट अग्रता बनाएको थियो ।

६४औं मिनेटमा जोङले गोल गर्दै सेभियालाई १-१ को बराबरीमा ल्याए । तर, खेलको ६९औं मिनेटमा कासिमिरोले पुन: व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

जितसँगै शीर्ष स्थानको रियलले २० खेलबाट ४३ अंक जोडेको छ । रियलले दोस्रो स्थानको बार्सिलोनालाई ३ अंकले पछि पारेको छ । बार्सिलोनाको १९ खेलमा ४० अंक छ । सेभिया भने २० खेलमा ३५ अंक जोडेर चौथो स्थानमा रह्यो । –एजेन्सी

प्रकाशित मिति : ५ माघ २०७६, आईतवार ०९:४१