८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अभिनेत्री शबाना आजमी दुर्घटनामा घाइते, मुम्बईको एमजीएम अस्पतालमा उपचार हुँदै


५ माघ, नयाँदिल्ली । बलिउड अभिनेत्री शबाना आजमी सवार कार दुर्घटनामा परेको छ । उनी चढेको कार दुर्घटना हुँदा सख्त घाइते भएकी छन् । मुम्बई-पूणे हाइवेमा उनी चढेको कार शनिबार दुर्घटना भएको हो । अहिले उनको मुम्बईमा रहेको एमजीएम अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ ।

यो घटना मुम्बईबाट ६० किमि टाढा खलापुरमा साँझ करिब ४ बजे भएको थियो । रायगढका एसपी अनिल परासकरले जनाएअनुसार उनको कार र ट्रक ठोक्किएका थिए । दुर्घटनामा कार पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

शबाना मुम्बई फर्किँदै गरेका बेलामा उनको गाडी ट्रकमा ठोक्किएको हो । महाराष्ट्र प्रहरीका अनुसार शबानाको अनुहार, गर्धन र आँखाको छेउमा चोट लागेको छ । उनी ड्राइभरको छेउको सीटमा बसेकी थिइन् । प्रहरीका अनुसार जावेद अख्तर पछाडि रहेको अर्को कारमा थिए ।
(बीबीसी)

प्रकाशित मिति : ५ माघ २०७६, आईतवार ०८:५१