७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

भलिबल क्लब च्याम्पियनसिप : एपिएफ र आर्मी विजयी


४ माघ, काठमाडौँ । पाँचौ संकरणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसीपको महिलातर्फ एपिएफले विजयी शुरुआत गरेको छ । एपिएफले आज भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सेटमा पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा एपिएफले जावलाखेललाई २५–४, २५–८ र २५–८ अङ्कले हरायो ।

अर्को खेलमा त्रिभुवन आर्मी क्लबले भरतपुर मेट्रो खेलकूद परिषद्लाई ३–० सेटले हरायो । यस्तै अर्को खेलमा आर्मीले भरतपुरलाई २५–८, २५–२० र २५–१० अङ्कले पराजित गरेको हो । विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख तथा तेस्रो हुने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही रु २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार १४:५२