१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

दोस्रो एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया पराजित, भारतले शृंखला बराबरीमा ल्यायो


४ माघ, एजेन्सी । अस्ट्रेलियासँगको तीन एकदिवसीय सिरिज भारतले एक-एकको बराबरीमा ल्याएको छ । पहिलो खेलमा १० विकेटको लज्जास्पद हार बेहोरेको भारतले दोस्रो खेलमा भने पाहुना टोली अस्ट्रेलियालाई ३६ रनले पराजित गर्दै सिरिजमा पुनरागमन गरेको छ ।

भारतको जितसँगै अन्तिम एक दिवसीय खेल रोचक बन्ने भएको छ । तेस्रो खेल जित्नेले सिरिज आफ्नो पक्षमा पार्नेछ ।

राजकोटमा शुक्रबार सम्पन्न दोस्रो दिवसीय खेलमा भारतले दिएको ३४१ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ३०४ रनमात्रै बनाउन सक्यो । अस्ट्रेलियाका लागि स्टेभेन स्मिथले ९८, मार्नुस लाबुसचेन्जले ४६, एरोन फिन्चले ३३ तथा एस्टन अगरले २५ रन बनाए ।

भारतका मोहम्मद सामीले ३ तथा नवदीप सैनी, रवीन्द्र जडेजा र कुलदीप यादवले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाउँदै ३४० रन बनाएको थियो । भारतका शिखर धवनले ९६, लोकेश राहुलले ८० र कप्तान कोहलीले ७८ रन बनाए । अस्ट्रेलियाका एडम जाम्पाले ३ र केन रिचर्डसनले २ विकेट लिए । तेस्रो तथा अन्तिम एक दिवसीय खेल भोलि (आइतबार) हुनेछ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार ०९:३५