१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

गायिका आस्था राउतले प्रहरीलाई ‘डन्ठे’ र ‘बन्दुके’ भन्दै गाली गरेपछि…


२ माघ, काठमाडौँ । गायिका आस्था राउतले प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ भन्दै गाली गरेकाे भिडियाे भाइरल भएकाे छ । गायिका राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको भन्दै ‘ठूला पदका प्रहरीले मात्रै राम्रो भाषाको प्रयोग गर्ने हो ?’ भन्दै प्रश्न गरेकी छिन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार भद्रपुर जान लाग्दा चेकिङको क्रममा रमिता नामक महिला प्रहरीले आफूमाथि असभ्य व्यवहार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै आक्रोश पोखेकी छिन् । राउतले प्रहरीप्रति आक्रोश पोखेको भिडियो यतिबेला फेसबुकमा ‘भाइरल’ भइरहेको छ । भद्रपुरमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गरेकी थिइन ।

भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस को कि फुलिस’ जस्ता अपशब्द पनि प्रयोग गरेकी छन् । प्रहरी हाम्रो साथी भन्ने स्लोगन समेत हटाउन राउतले बताएकी छन् ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार १६:०६