१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नेपाल सेवा लघुवित्तको आइपिओ १६ हजार ७४० ले पाए


२३ वैशाख, काठमाडाैँ । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर(आइपिओ) अाइततबार बाँडफाँड गरिएको छ । लघुवित्तले एक लाख ८० हजार कित्ता शेयरमध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको एक लाख ६७ हजार ४०० कित्ता साधारण शेयर गोलाप्रथाबाट बाँडफाँड गरिएको हो ।

आवेदकमध्ये १६ हजार ७४० आवेदकलाई शेयर बाँडफाँड गरिएको छ । लघुवित्तको साधारण शेयरमा दुई लाख पाँच हजार ३८६ जनाले आवेदन दिएका थिए । त्यसमध्ये दुई लाख चार हजार ८३८ जनाले आवेदकको आवेदन सदर भएको थियो ।

यस्तै ५४८ जनाको आवेदन रद्द भएको थियो । सो लघुवित्तको बिक्री प्रबन्धकमा एनएमी क्यापिटल लिमिटेड रहेको थियो । लघु वित्तले न्यूनतम १० कित्ता शेयर उपलब्ध गराएको छ । सो लघुवित्तले केही दिन पहिले साधारण शेयर बिक्री गरेको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार १९:०७