८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनीले झण्डै १७ करोडको बोनस शेयर दिने


२३ वैशाख, काठमाडाैँ । श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनीले १६ करोड ७९ लाख ७८ हजार ५६७ बोनस शेयर दिने प्रस्ताव गरेको छ ।

आर्थिक वर्ष २०७३/७४ को नाफाबाट विद्यमान चुक्ता पूँजी रु ६३ करोड २१ लाख ७१ हजार ४३२ को २६.५७ प्रतिशतले हुन आउने रकम बोनस शेयरका रुपमा वितरण गर्न लागिएको सो कम्पनीले स्टकलाई जानकारी गराएको छ । उक्त प्रस्तावलाई वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार १९:०२