१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

साताको पहिलो दिननै सेयर बजारमा दोहोरो अंककाे गिरावट


२३ वैशाख, काठमाडाैँ । साताको पहिलो दिन आज शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक १२.५१ बिन्दुले ओरालो लागेर एक हजार ३५३.६४ बिन्दुमा आइपुगेको छ ।

यस्तै ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.९१ बिन्दुले ओरालो लागेर २८५.३८ बिन्दुमा झरेको छ । कूल १६० कम्पनीको आठ लाख ४३ हजार ४१० कित्ता शेयर रु ३६ करोड १६ लाख ९६ हजार ७६३ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ ।

उपसूचकमध्ये वित्त क्षेत्रको मात्रै शेयर उकालो लाग्दा अरु समूहका शेयर भने ओरालो लागेका छन् । सो उपसमूहको शेयर ०.०६ बिन्दुले उकालो लागेको हो ।

बैंकिङ ११.५५, होटल ३१.०६, विकास बैंक १३.४३, जलविद्युत् १९.८१, बीमा ६८.३२, उत्पादन ८.६६, अन्य ६.६१ र माइक्रो–फाइनान्स उपसमूहको ७.५४ बिन्दुले ओरोलो लाग्दा बजार घटेको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार १८:५७