८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको सानीमा पनि हुन डा शिवमाया तुम्बाहाङफे


१ माघ, काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफे अहिले चर्चाको एक नम्बरमा छिन । उनी चर्चाको एक नम्बरमा हुनुको एउटै कारण उनको चट्टानी अडान हो । उपसभामुखबाट राजिनामा दिन चौतर्फी दबाब बढीरहेको समयमा दुईवटा स्पष्ट कारण माग्दै उनले आफ्नो अडान दोहोर्याइरहेकी छिन । आफूले राजिनामा दिनुपर्ने कारण के ? र सभामुखको उम्मदेवर को भन्ने पूर्व जानकारी दिए राजिनामा दिने भनेर नेकपाका शीर्ष नेताहरूसँग पनि पटक पटक भनेकी छन भने सार्वजिनक रूपमा सञ्चारमाध्यमहरूलाई प्रतिक्रिया दिइरहेकी छिन ।

यहीबीचमा उनलाई नेकपाको निर्देशन नमान्ने भन्दै सामाजिक सञ्जालमा गालीको वर्षा सुरू भएको छ । शिवमायाको राजिनामा माग्दै सामाजिक सञ्जालमा अग्रमोर्चामा तत्कालीन एमालेको माधव नेपाल समूहका नेता कार्यकर्ता र तत्कालीन माओवादीका नेता कार्यकर्ता बढी रहेका छन । नातामा संविधानसभा अध्यक्ष एवंं नेकपा ससदीय दलका उपनेता सुवास नेम्वाङको सानीमा पर्ने डा. तुम्बाहाङफेको आँट र अडानको प्रशंशा गर्नेहरू प्रशस्तै छन । महिला र जनजातिसम्बन्धी संस्थाहरूले शिवमायाको पक्षमा विज्ञप्ति जारी गर्नेदेखि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरिरहेका छन ।

विद्यार्थीकालदेखि राजनीतिमा होमिएकी शिवमाया सफलताको एउटा नमुना हो । ०३५र३६ को विद्यार्थी आन्दोलनदेखि तत्कालीन नेकपा मालेआवद्ध अनेरास्ववियुबाट राजनीति थालेकी शिवमाया त्यो बेलाकी चर्चित क्रान्तिकारी हुन् । उनी विभिन्न कमिटी हुँदै रामनाथ ढकाल अध्यक्ष भएको बेला अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष भएकी थिइन ।

अनेरास्ववियुको अध्यक्षमा योगेश भट्टराई आएपछि विद्यार्थी राजनीतिबाट विदा लिएकी तुम्बाहम्फे त्यसपछि सामाजिक काममा निरन्तर रहेकी छिन । नवौं महाधिवेशनबाट एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएकी तुम्बाहाम्फे समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् । पार्टीभित्र उनी केपी ओली समूहबाट कहिल्यै बाहिर रहिनन् । त्यो भित्र पनि उनी राष्ट्रपति विद्यादेवी भण्डारीको प्रियपात्र मानिन्छिन् ।

यो पनि पढ्नुहोस्

-राजिनामा माग्न बोलाएकी उपसभामुख शिवमायाले ओली-प्रचण्डको हैसियत सोधेपछि…

प्रकाशित मिति : १ माघ २०७६, बुधबार १०:५७