७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अनेरास्ववियू एकताको पहिलो बैठकले गरेका निर्णय सार्वजनिक, यस्ता छन निर्णय


२९ पुस, काठमाडाैँ । अनेरास्ववियू एकताको पहिलो बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । दुइ दिनसम्म चलेका बैठकले गरेका निर्णय यस प्रकार रहेको छ ।

बैठकका महत्वपूर्ण निर्णयहरुः
१) संगठनका संयोजक ऐन महरद्वारा प्रस्तुत राजनैतिक÷शैक्षिक प्रतिवेदन तथा आगामी कार्ययोजना र सह–संयोजक रञ्जित तामाङद्वारा प्रस्तुत विधान मस्यौदा प्रतिवेदन आवश्यक छलफल पश्चात् सुझाव सहित सर्वसम्मतिले पारित भएको छ ।

२) माघ मसान्त भित्र प्रदेश, विश्वविद्यालय, जिल्ला, क्याम्पस लगायतका सम्पूर्ण तहको एकता सम्पन्न गर्ने र ६ महिना भित्र जिल्ला र मातहतका कमिटीहरुका एकताको सम्मेलन सम्पन्न गरिसक्ने निर्णय भएको छ ।
३) आगामी फाल्गुन १४ गते स्ववियु निर्वाचन गर्ने त्रिभुवन विश्वविद्यालयलको निर्णयको स्वागत गर्दै उक्त मितिमा हर हालतमा निर्वाचन सम्पन्न गर्न÷गराउन विश्वविद्यालय प्रशासन र अन्य सम्वद्ध निकायलाई ध्यानाकर्षण गराउने निर्णय गरियो । त्यस्तै फाल्गुन १४ गते नै सम्पन्न गर्ने गरी स्ववियु निर्वाचनको मिति घोषणा गर्न अन्य सबै विश्वविद्यालयहरुलाई समेत दवाव दिने निर्णय गरियो ।


४) संगठनको बाँकी रहेको एकताको काम र कार्यविभाजनको टुंगो लगाउने कार्यादेश केन्द्रीय कार्यालयलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
५) नेतृत्व र कार्यकर्ताहरुको वैचारिक स्तर उठाउन र एकताको सन्देश सम्प्रेशष गर्न प्रदेश र विश्वविद्यालय स्तरमा भेला तथा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरिएको छ ।
६) केन्द्रीय कमिटीको बैठकद्वारा पारित विधान अनुसार संगठनको केन्द्रीय कमिटी ३३५ सदस्यीय, केन्द्रीय सचिवालय १११ सदस्यीय, स्थायी कमिटी ४५ सदस्यीय र संगठनको निर्णय बमोजिमको संख्या रहनेगरी केन्द्रीय कार्यालय रहनेछ ।
७) संगठनमा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोग गरी ३ ओटा आयोग रहनेछन् । प्रत्येक आयोग एक अध्यक्ष र एक सचिव सहित २३ सदस्यीय हुनेछ ।

बैठकबाट पारित प्रस्तावहरु ः
अन्तर्राष्ट्रिय प्रस्ताव ः
१) भारतको जवाहरलाल नेहरु विश्वविद्यालय ९व्ल्ग्० मा सत्ता संरक्षित नकावधारी समूहद्वारा विद्यार्थी यूनियनका सभापति सहित होस्टलमा बस्ने विद्यार्थीहरु माथि गरिएको वर्वर तथा हिंस्रक आक्रमणको घोर निन्दा र भत्र्सना गर्दै त्यस घटनाका दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन र यस्ता अलोकतान्त्रिक र मध्ययुगीन चरित्र प्रदर्शन नगर्न यो बैठक सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछ ।
२) अमेरिकाले इरानी सैनिक कमाण्डर क्वासिम सुलेमानीको हत्या गरेपछि इराक र अमेरिका बिच युद्धको अवस्था देखापरेको छ । अमेरिकाले देखाएको हैकमवादी चरित्रको भत्र्सना गर्दै विश्व शान्ति, भातृत्व र मानवअधिकारका मूल्य मान्यतालाई आत्मसात गर्न दुवै पक्षलाई यो बैठक जोडदार अपिल गर्दछ ।
३) विश्वमा बढ्दै गएको वातावरण विनास र जलवायू परिवर्तनको कारण अष्ट्रेलियाले महिनौ सम्म आगजनीको प्रकोप बेहोरिरहेको छ । ५० करोड वन्यजन्तु मारिएका छन् । यस्ता घटनाप्रति विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराउँदै जलवायु परिवर्तनको संवेदनशील मुद्दामा यथाशिघ्र ठोस निष्कर्षमा पुग्न यो बैठक सम्बद्ध पक्षसँग हार्दिक अपिल गर्दछ ।

राष्ट्रिय÷समसामयिक
१) ऐतिहासिक तथ्य र प्रमाणको आधारमा नेपालको अभिन्न भूभागको रुपमा रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई हालै भारतीय पक्षले आफुतर्फ पारेर एकलौटी ढंगले सार्वजनिक गरेको नक्सा र भारतीय हैकमबाद प्रति घोर निन्दा र आपत्ति प्रकट गर्दै, यो बैठक तत्काल भुल सच्याउन भारतसँग अपिल गर्दछ । साथै लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नयाँ नक्सा तत्काल सार्वजनिक गर्न नेपाल सरकार सँग अनेरास्ववियू जोडदार आग्रह गर्दछ ।
२) जनादेश र जनताको चाहनालाई मध्यनजर गर्दै थप गतिका साथ परिणाममुखी काम गर्न नेपाल सरकारसँग यो बैठक जोडदार आग्रह गर्दछ । सुखी नेपाल, समृद्ध नेपालको राष्ट्रिय अभियानमा अनेरास्ववियू र यसका लाखौ सदस्यहरु बलियो सारथी बन्ने उद्घोष गर्दछ ।
३) २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित शुरु भएको पर्यटन बर्ष २०२० लाई हरेक तवरले सफल बनाउन अनेरास्ववियूका सम्पूर्ण सदस्यहरुलाई स्वमंसेवकीय भूमिकामा परिचालित हुन यो बैठक अपिल र निर्देशन गर्दछ ।

शैक्षिक
१) मेडिकल शिक्षा भित्रको बेथिति विरुद्ध विद्यार्थीहरुले निरन्तर चलाएको आन्दोलनले आंशिक उपलब्धि हाँसिल गरेपनि त्यहाँभित्रको चर्काे शुल्क र शोषण अझै रोकिएको छैन । सहमति अनुसार विद्यार्थीबाट बढी लिएको शुल्क तत्काल फिर्ता गर्न र मेडिकल शिक्षा भित्रको विकृति विरुद्ध निर्मम तरिकाले कारबाही थाल्न नेपाल सरकार समक्ष यो बैठक आग्रह गर्दछ ।
२) शिक्षा, स्वास्थ्य र रोजगारको मौलिक हकलाई पूर्ण कार्यान्वयनमा लैजान कानून निर्माण र अन्य सबै आधारभूत कार्यहरु थाल्न यो बैठक नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ । माध्यामिक तह सम्मको शिक्षा निःशुल्क प्रदान गर्ने संविधानको घोषणालाई कार्यान्वयन गर्ने दायित्व बहन गर्ने स्थानीय तहलाई प्रभावकारी परिचालन गर्न सम्बद्ध पक्षहरुसँग अनेरास्ववियू हार्दिक अपिल गर्दछ ।
३) अनेरास्ववियूको आन्दोलनबाट शैक्षिक प्रमाणपत्र धितो राखी शैक्षिक ऋण प्रदान गर्ने नीति बनेपनि यसको कार्यान्वयन पक्ष ज्यादै फितलो देखिएको हुँदा यस दिशातर्फ नेपाल सरकार गम्भीर बन्न र पूर्ण कार्यान्वयन गराउन यो बैठक जोडदार माग गर्दछ ।
४) ब्ँग् अन्तर्गतको वन विज्ञानको स्नातक तहमा भर्ना प्रक्रियामा मेरिट लिष्टलाई समेत लत्याएर भर्ना गर्न खोजिएको घटनाप्रति यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । साथै भर्ना प्रक्रियामा मेरिट लिष्ट अनुसार नै अगाडि बढाउन विश्वविद्यालयलाई आग्रह गर्दछांै ।
५) शिक्षा क्षेत्रको पूनसंरचना र समाजवादउन्मुख शिक्षा प्राप्तिको लागि शिक्षामा राज्यले गर्ने लगानी मुख्य पाटो हो । यसर्थ कुल बजेटको कम्तिमा २० प्रतिशत रकम पर्नेगरी बजेटको विनियोजन गर्न नेपाल सरकार समक्ष यो बैठक जोडदार माग गर्दछ ।
६) सार्वजनिक शिक्षाको सवलिकरण विना हाम्रो शिक्षाले परिणाममुखी नतिजा दिन सक्दैन । यसर्थ विगतदेखि हामीले शुरु गरेको “हाम्रो स्कुल राम्रो स्कुल अभियान”लाई थप उचाईमा पु¥याउन “म बनाउछु मेरो विद्यालय, हामी बनाउँछौ हाम्रो विद्यालय” अभियान सञ्चालन गर्न यो बैठक सामुहिक उद्घोषे गर्दछ ।
७) पदाधिकारी रिक्त विश्वविद्यालयहरुमा प्रतिस्पर्धाका आधारमा योग्यतम पदाधिकारीहरु यथाशिघ्र नियुक्त गर्न यो बैठक नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।
८) मकवानपुर बहुमुखी क्याम्पसमा शुल्कवृद्धि विरुद्ध स्ववियु लगायत विद्यार्थी संगठनहरुले विगत एक हप्ता देखि सुरु गरेको अनशन प्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । वार्ता र संवादको माध्यमबाट यस्ता समस्याको तत्काल समाधान खोज्न क्याम्पस प्रशासनलाई आग्रह गर्दछाैँ ।

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार १८:३७