४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

प्रथम नुवाकोट गोल्डकप फुटबलको दोस्रो पुरस्कारका लागि तारकेश्वर गाउँपालिकाले प्रायोजन गर्ने


२३ वैशाख, काठमाडौँ । प्रथम नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो पुरस्कारका लागि तारकेश्वर गाउँपालिकाले प्रायोजन गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले एन्फा नुवाकोट प्रतिनिधिसँग दोस्रो पुरस्कारका लागि तीन लाख रुपैयाँ प्रदान गर्ने सम्झौता गरेको एन्फा नुवाकोटका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।

उपाध्यक्ष पनेरुका अनुसार सम्झौता कार्यक्रममा अध्यक्ष रमेश वस्ति, प्रतियोगिता संयोजक बुद्धि प्रधान, एन्फा केन्द्रीय सदस्य पुर्णमान चित्रकार, एन्फा नुवाकोटका अध्यक्ष दिपक चित्रकार, कोषाध्यक्ष देवनारायण चित्रकार सहभागी थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार १८:१७