६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

फेसबुकबाट डलर कमाउने लोभमा सार्वजनिक बसमा अश्लिल भिडियोको सुटिङ


२९ पुस, काठमाडाैँ । सार्वजिनक बसभित्रै हस्तमैथुन गरेर युवतीको टाउकोमा वीर्यपात गर्ने चितवनका रविन रूचाललाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँले पत्रकार सम्मेलन मार्फत रूचालई सार्वजनिक गरेको हो ।

महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार काठमाडौंमा रिक्सा चलाउने रूचालले सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर यस्तै अश्लील भिडियोहहरु अपलोड गर्ने र भ्यूअरको आधारमा पैसा कमाउने सोचले वीर्यापत गरेको र उक्त भिडियो अपलोड गरेको बताएका छन ।

उनको उक्त भिडियो एक वर्षअघि सामाजिक सञ्जालमा ‘बसकाण्ड’को रूपमा भाइरल बनेको थियो । प्रहरीले चितवन भरतपुर घर भई बानेश्वर बस्ने रुचाललाई सोमबार साँझ चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो । प्लस टुसम्म पढेको बताउने उनले सार्वजनिक बसभित्र हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी महिलाको कपालमा बिर्यपात पारेका थिए ।

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार १४:२२