६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

भोलिदेखि श्री एयरलाइन्सको जनकपुर उडान


२९ पुस, काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले भोलि (माघ १) देखि जनकपुरमा नियमित उडान गर्ने भएको छ । श्रीले केही महिनाअघि भित्र्याएको नयाँ टर्बोप्रोप क्यु–४०० जहाजमार्फत जनकपुर उडान गर्न लागेको हो ।

यसका लागि श्रीले गत मंसिर १५ मा जनकपुर र सिमरा परीक्षण उडान गरेको थियो । श्रीले अहिले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीमा उडान गर्दै आएको छ ।

कम्पनीले निकट समयभित्रै सिमरा र पोखरामा पनि उडानको तयारी गरेको छ ।

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार ०९:४४