१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

बार्सिलोनाको नयाँ प्रशिक्षकमा किके सेटिन


२९ पुस, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले नयाँ प्रशिक्षक नियुक्त गरेको छ । रियल बेटिसका ६१ वर्षीय पूर्वप्रशिक्षक किके सेटिनलाई बार्सिलोनाको नयाँ प्रशिक्षकको जिम्मेवारी दिइएको हो ।

५५ वर्षीय प्रशिक्षक अर्नेस्तो भाल्भेर्देलाई बर्खास्तलगत्तै बार्सिलोनाले सेटिनलाई नियुक्त गरेको जनाएको छ ।

लगातार दुई सिजन ला लिगाको उपाधि दिलाएका भाल्भेर्देको प्रशिक्षणमा बार्सिलोना यो सिजन गोल अन्तरका आधारमा अघि छ । तर यो सिजन बार्सिलोनाले लगातार जस्तो अप्रत्यासित हार या बराबरीको नतिजा निकाल्दै आएको छ ।

भाल्भेर्देको प्रशिक्षणमा बार्सिलोना च्याम्पियन्स लिग फुटबलको फाइनलमा भने पुग्न सकेको थिएन । नवनियुक्त प्रशिक्षक सेटिनले बार्सिलोनासँग साढे २ वर्षको सम्झौता गरेको बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा छ । –एजेन्सी

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार ०९:३७