६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

परमेश्वरको आदेश भन्दै तीन महिनादेखि युवती बलात्कार गर्ने क्रिस्चियन धर्म गुरु जोशी पक्राउ


२९ पुस, काठमाडौँ । पाप मेटाउन भन्दै पटक पटक युवती बलात्कार गर्ने क्रिस्चियन धर्मका एक गुरु ९पास्टर० ललितपुरबाट पक्राउ परेका छन । परमेश्वरको डर देखाउँदै आफ्नै अनुयायी महिलालाई पटक पटक बलात्कार गरेको आरोपमा ललितपुरबाट पास्टर ध्रुवबाबु जोशीलाई प्रहरीले पक्राउ गरेको हो । ललितपुर महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा सिंहले जोशी बलात्कारको आरोपमा प्रक्राउ परेको पुष्टि गरेकी छिन ।

आइतबार साँझ पक्राउ परेका जोशीले मण्डलीमा प्रार्थना गर्न जोन सिलसिलामा एक महिलालाई पापको त्रास देखाई तीन महिनादेखि बलात्कार गर्दै आएका थिए । पीडित महिलाका अनुसार जोशीले पाप मेटाउन तिमीले मसँग शारीरिक सम्पर्क गर्नुपर्छ भनेर परमेश्वरले मलाई आदेश दिनुभएको छ भनेर तीन महिनादेखि जबर्जस्ती करणी गर्दै आएका थिए ।

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार ०८:३५