४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

युवा गायक निशान भट्टराईको निधन


२९ पुस, काठमाडौं । युवा गायक निशान भट्टराईको सवारीसाधन दुर्घटनामा निधन भएको छ । काठमाडौंको दरबारमार्गस्थित एक रेस्टुरेन्टबाट फर्किने क्रममा गएराति उनी दुर्घटनामा परेका थिए ।

तस्बीरः सामाजिक सञ्जाल ।

दुर्घटनामा घाइते भई सिकिस्त बनेका गायक भट्टराईको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारकै क्रममा निधन भएको हो । दरबारमार्गमा रहेको बान थाई रेस्टुरेन्टमा नियमित गायन प्रस्तुति सकेर घर फर्किने क्रममा उनी दुर्घटनामा परेका थिए ।

दुर्घटनालगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिए पनि चिकित्सकले जोगाउन भने सकेनन् । उनले नेपाली सांगीतिक क्षेत्रमा थुप्रै गीतमा आफ्नो सुमधुर स्वर भरेका छन् ।

उनको निधनको खबर लगत्तै अहिले सामाजिक सञ्जालमा उनलाई उनका शुभचिन्तकहरुले सम्झना गरिरहेका छन् । हाम्रा तर्फबाट पनि हार्दिक श्रद्धाञ्जली ।

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार ०७:२२