१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बालुवाटारको सरकारी जग्गा हडप्ने भाटभटेनी नक्कली भ्याट बिल प्रकरणमा अदालतबाट दोषी ठहर


२८ पुस, काठमाडाैँ । सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनी डिपार्टमेन्ट स्टोरसहित पाँच कम्पनीलाई दोषी पनि ठहर भएको फैसला गरेको छ । भाटभटेनी बालुवाटारको सरकारी जग्गा हडप्नेमा समेत अग्रमोर्चामा रहेको समाचारहरू यसअघि नै प्रकाशित भएका छन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले आज राजश्व न्यायाधीकरणले गरेको फैसला सदर गर्दै दोषी ठहर गरेको फैसला सुनाएको हो ।

सर्वोच्च अदालतलको गरेको फैसलाको पाठ तयार भई नसकेकाले यी कम्पनीले कति रकम राज्यलाई तिर्नुपर्ने भन्ने जानकारी फैसला तयार भइकेपछि मात्रै थाहा हुने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स प्रालि, आइटी प्रालि, अरुण इन्टरकन्टिनेन्टल ट्रेड्र्स, शङ्कर अक्सिजन ग्यास प्रालि, बानियाँ स्टोर्स एण्ड फमले नक्कली भ्याद बिल प्रयोग गरेको ठहर भएको हो । रासस

यो पनि पढ्नुहोस्

-माओवादीले लुटेको धन सदुपयोग गरेको आरोप लागेका गुरूङले कसरी खोल्छन सम्पत्तिको स्रोत ?

प्रकाशित मिति : २८ पुष २०७६, सोमबार २२:५२