१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अक्सिजन जेनेरेसन प्लाण्टबाट ग्यास उत्पादन


२३ वैशाख, रुपन्देही । लुम्विनी अञ्चल अस्पताल, बुटवलमा स्थापना भएको अक्सिजन जेनेरेसन प्लाण्टबाट अक्सिजन उत्पादन गर्न थालिएको छ ।

प्लाण्टबाट उत्पादित अक्सिजनबाट अहिले अस्पतालमा दैनिक सरदर २३ सिलिण्डर बराबरको ज्ञास खपत भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्ण खनालले जानकारी दिए । ग्यास प्लाण्ट स्थापना भएको दुई साता भएको बताइएको छ ।

उनले अस्पतालको आइसियू, एनआइसियू, इर्मेजेन्सी, मेडिकल वार्डमा उक्त ग्यास वितरण भएर बिरामीलाई सेवा प्रदान गरिएको जानकारी दिँदै अप्रेसन थिएटर, सर्जिकल वार्डलगायतमा ग्यास सिलिण्डरबाट नै काम भइरहेको जानकारी दएि ।

रोटरी क्लब अफ बुटवलको रु २१ लाख, रोटरी क्लब डिस्ट्रिक ३२३० भारतको रु १० लाख र रोटरी फाउण्डेशनको रु १९ लाख गरी कूल रु ५० लाखमा सो ग्यास प्लाण्ट स्थापना गरिएको हो ।

तीन वर्षअघि शुरु भएको परियोजनाअन्तर्गत सो प्लाण्टले २४ घण्टामा ४२ सिलिण्डर अक्सिजन उत्पादन गर्छ ।

प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार १७:३७