७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

रवि ओडको नयाँ गीतमा वर्षा (भिडियोसहित)


२७ पुस, काठमाडौं नेपाल आइडल रवि ओडको ‘भयो हतार’ म्युजिक भिडियो सार्वजनिक भएको छ । युट्युबबाट सार्वजनिक गरिएको भिडियोमा वर्षा राउतको अभिनय देख्न सकिन्छ ।

डान्सिङ प्याटर्नको यो युगल गीतमा ओडलाई गायिका विना भट्टराईले साथ दिएकी छन् । नृपेश उप्रेतीको शब्द रहेको गीतका संगीतकार रवि मल्ल हुन् । संगीत संयोजन दीक्षित पौडेलले गरेका छन् ।

गीतमा वर्षासँगै श्रवण न्यौपाने अभिनय देख्न सकिन्छ । शक्ति प्रज्वल घिमिरेले निर्देशनमा बनेको भिडियोलाई चर्चित छायाकार उत्सव दाहालले खिचेका हुन् ।

प्रकाशित मिति : २७ पुष २०७६, आईतवार ०९:०८