१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

यस्तो बन्यो ‘लप्पन छप्पन २’ को टिजर (भिडियोसहित)


२६ पुस, काठमाडौं नेपाली चलचित्र ‘छप्पन छप्पन २’ को टिजर सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको टिजरमा एक्सन र सस्पेन्स देख्न सकिन्छ । यसअघि ‘लप्पन छप्पन’ प्रदर्शनमा आएको थियो । फिल्मले चर्चा कमाए पनि बक्स अफिसमा आशा गरिएअनुरुप व्यापार गर्न सकेको थिएन ।

‘लप्पन छप्पन २’ मा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, सरिता गिरीलगायत कलाकारको अभिनय देख्न सकिन्छ । फिल्मको कथा पैसाकै वरिपरि घुमेको देख्न सकिन्छ ।

‘छप्पन छप्पन २’ लाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन, मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई चिजकुमार श्रेष्ठ, प्रकाश कुवँर, निर्मल कुमार मिश्र, सुदीप चन्द्र बक्रेल र सन्तोष चन्द्र बख्रेलले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : २६ पुष २०७६, शनिबार ०९:३७