८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

फागुन १४ मा स्ववियु निर्वाचन, सहभागी होला त नेविसंघ ?


२५ पुस, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले फागुन १४ मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने भएको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न आगामी फागुन १४ को मिति तोकेको हो । त्रि विका रजिस्ट्रार पेशल दाहालले मातहत निकाय र क्याम्पसलाई निर्वाचन मिति तोकेर जानकारी पठाउन सुरू गरिएको जानकारी दिए ।

त्रिवि विद्यार्थी कल्याण विभागलाइ निर्वाचान सम्बन्धी प्रक्रिया थाल्न पत्राचार समेत गरिसकेको राजिस्ट्रार दाहालले बताए । गत वर्ष निर्वाचन समन्वय एवं निरीक्षण समिति गठन गरे पनि विद्यार्थी संगठन र प्रमुख दल तयार नभएपछि निर्वाचन हुन सकेको थिएन । गत वर्ष पनि फागुनमै निर्वाचन गर्ने गरी देशभरका क्याम्पसलाई तयारी थाल्न त्रिविले निर्देशन दिएको थियो । तर कांग्रेसनिकट नेपाल विद्यार्थी संघले तत्काल निर्वाचन नगर्न भन्दै अान्दोलन नै गरेपछि मिति नै घोषणा हुन सकेन । नेविसंघ नेतृत्वबिहीन भएको र अन्तरकलह चरम रहेका कारण निर्वाचन स्वीकार्नेमा शंका उत्पन्न भएको छ ।

प्रकाशित मिति : २५ पुष २०७६, शुक्रबार ०९:२४