१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बेलायातको स्थानीय निर्वाचनमा तीन भूतपूर्व गोर्खा सैनिक काउन्सिलरमा विजयी


२३ वैशाख, काठमाडौँ । बेलायातको स्थानीय निर्वाचनमा तीन भूतपूर्व गोर्खा सैनिक काउन्सिलरमा विजयी भएका छन । तीन मध्ये दुई जना दोस्रो पटक काउन्सिलरमा विजयी भएका हुन भने एक जना पहिलो पटक विजयी भएका छन । विजयी मध्ये एक लेबर पार्टी र दुई कन्जरभेटिप पार्टीका सदस्य हुन ।

तस्बीरः अनलाइनखबर डटकम ।

नेपाली मूलका विष्णु गुरुङ, चित्र राना र लक्ष्मण गुरुङ काउन्सिलरमा विजयी भएका हुन् । हयानवर्थ पार्क वार्डमा विष्णु गुरुङ दोस्रो पटक काउन्सिलरमा विजयी भएका छन । उनी लेबर पार्टीका सदस्य हुन । वकिङ बरोको गोल्डवर्थ पार्कको काउन्सिलरमा चित्र राना पनि दोस्रो पटक विजयी भएका हुन । उनी कन्जरभेटिभ पार्टीका सदस्य हुन । त्यस्तै हेल वार्ड काउन्सिलरमा लक्ष्मण गुरुङ विजयी भएका छन । उनी कन्जरभेटिभ पार्टीका सदस्य हुन ।

प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार ०९:०६