६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

इरानमा भएकाे विमान दुर्घटनामा १७६ यात्रुको मृत्यु


२३ पुस, तेहरान । इरानको राजधानी तेहरानस्थित युक्रेनको बोइङ ७३७ विमान दुर्घटना हुँदा १७६ यात्रुको मृत्यु भएको छ । स्थानीय प्रेस टीभीलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार इमाम खमेनी अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उड्नै लाग्दा दुर्घटनामा परेको थियो । विमानमा १६७ जना यात्रु र ९ जना चालक र सहचालक थिए । इरानका स्थानीय मिडियाले १८० जना यात्रु रहेको बताए पनि अहिलेसम्म १७६ जना रहेको पुष्टि भएको समाचारमा जनाइएको छ ।

विमान उड्नासाथ दुर्घटनामा परेको थियो । उक्तः विमान युक्रेन इन्टरनेसनल एयरलाइन्सको भएको बीबीसीले जनाएको छ । विमान युक्रेनको राजधानीतर्फ जान लागेको थियो ।

प्रकाशित मिति : २३ पुष २०७६, बुधबार ११:३२