१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

आज र भोलि काठमाडाैँ उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने


२३ पुस, काठमाडाैँ । आज र भोलि काठमाडाैँ उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको छ ।मौसमविद्हरूका अनुसार पश्चिमी वायुको प्रभावले बुधबार (आज) र बिहीबार (भोलि) देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने पूर्वानुमान गरेका छन ।

मौसम पुर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार अहिले धुम्मिएको काठमाण्डाै उपत्यकासहित मध्य र पूर्वमा केही बेरपछि घाम लाग्नेछ, तर फेरि बादल लागेर मेघगर्जनसहित पानी पर्ने छ । यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने श्रेष्ठले बताए ।

प्रकाशित मिति : २३ पुष २०७६, बुधबार ०८:५१