१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अनेरास्ववियूको एकतामा तत्कालीन क्रान्तिकारीका एक दर्जन नेताको असन्तुष्टि (विज्ञप्तिसहित)


२० पुस, काठमाडौँ । अनेरास्ववियूको एकता प्रक्रियामा अखिल (क्रान्तिकारी)बाट केन्द्रीय सदस्य र आयोगहरुको छनौट निकै विभेदकारी ढंगबाट भएको भन्दै आधा दर्जन पदाधिकारीले आपत्ति जनाएका छन । संयुक्त रूपमा विज्ञप्ति नै जारी गरेर उनीहरूले विभेदकारी निर्णय मान्न नसकिने चेतावनी समेत दिएका छन ।

अनेरास्ववियू क्रान्तिकारीका तत्कालीन उपाध्यक्ष पञ्चा, सिंह, उपाध्यक्ष दिपक देवकोटा, उपाध्यक्ष रविकिरण यादव, सचिव, डिवी साउद, प्रदेश नम्बर १ का संयोजक मदन भट्टराइ, प्रदेश नम्बर २ का संयोजक सूर्यनारायण शाह, प्रदेश नम्बर ४ का संयोजक क्षितिज सापकोटा, प्रदेश नम्बर ५ का संयोजक नारायण खनाल र कर्णाली प्रदेशका संयोजक अम्मरराज शाहीले विज्ञप्ति नै निकालेर केन्द्रीय कमिटी र केन्द्रीय आयोगमा सदस्य छान्ने विषयमा विभेद गरिएको भन्दै आपत्ति जनाएका हुन ।

उनीहरूले विभेदकारीकारी ढंगले भएको एकताको घोषणा नमान्ने चेतावनी दिएका छन । उनीहरूले अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको भूमिका माथि गम्भीर प्रश्न उठाएका छन । संगठनमा लामो समय योगदान गरेका र बरियताक्रममा माथि रहेका नेतालाइ पाखा लगाएर तामाङले आफू निकटका जयजयकार गर्नेहरूलाइ मात्र राखेको असन्तुष्ट मध्येक तत्कालीन क्रान्तिकरीका सचिव डिबि साउदले दैनिकीलाइ जानकारी दिए ।

उनले पार्टी केन्द्रीय समितिलाइ पत्र लेखेरै केन्द्रीय सदस्यको छनौट नमान्ने विषयमा जानकारी गराएको बताए । उनले संगठन विधिमा चल्नुपर्ने भन्दै सहसंयोजक तामाङले कमजोरी सुधार्नुको विकल्प नरहेको बताए । उनले सहमतिमा केन्द्रिय समिती छनौट गरि एकता प्रक्रिया अगाडि बढाउन पर्नेमा सहसंयोजकले मनोमानी गरेर संगठनमै नभएको, चुनाव हारेका, निष्क्रियलाई छानेको बताए ।

प्रकाशित मिति : २० पुष २०७६, आईतवार १५:१९