६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

टुटेफुटेका यी ७ सामान घरमा राख्दै नराख्नुहोस् !


२० पुस, काठमाडौं । हामी हरेक कुरामा साइत खोज्छौं । सफल हुन चाहन्छौं । वास्तु दोषबाट टाढै रहन चाहन्छौं ।

कारण एक मात्र हो- कि सुखी हुन चाहन्छौं हामी । हरेकको चाहना खुसी र सुखी हुनु रहेको पाइन्छ । तसर्थ हामीले सुखी-खुसी हुन, घरपरिवारमा मिलाप हुन अनि आर्थिक संकटबाट जोगिन केही सामान्य कुरा गर्दा पनि फल पाउन सक्छौं । तसर्थ वास्तु दोषबाट जोगिन हामीले घरमा टुटेफुटेका यी सामग्री नराखौं ।

यदि यस्ता फुटेका सामग्री घरमा छन् भने पनि त्यसको व्यवस्थापन गर्न उपयुक्त हुन्छ । हामी सफल हुन पनि घरमा रहेका यस्ता वस्तुहरुको अवस्था चुस्त राखौं । जसले घर तथा परिवारमै सकारात्मक ऊर्जा प्राप्त गर्नमा मद्दत पुग्छ ।

भाँडाकुँडा
भान्सामा पुराना भइसकेका र फुटेका भाँडाकुँडा राख्दा घरमा दरिद्रताका साथसाथै आर्थिक हानि हुने गर्छ ।

घडी
वास्तुअनुसार घरमा चल्न छोडेको वा बिग्रिएको घडी राख्नु हुँदैन । यो अशुभ मानिन्छ । यदि बिग्रिएको घडी घरमा भए कि बनाउनुपर्छ कि विसर्जन गर्नुपर्छ । बिग्रिएको घडीले घरमा नकारात्मक ऊर्जा पैदा गर्छ । यसले परिवारका अन्य सदस्यको उन्नति हुनमा अवरोध पुर्‍याउँछ ।

ऐना
फुटेको, चर्केको वा ऐनाका टुक्रा घरमा राख्नु हुँदैन । यो वास्तुअनुसार एकदमै ठूलो दोष मानिन्छ । फुटेका ऐनाले घरमा नकारात्मक ऊर्जाको सञ्चार गर्छ ।

पलङ
यदि तपाईंको वैवाहिक जीवन सधैं सुखद बनाउन चाहानुहुन्छ भने घरमा भएको पलङ वा खाट भाँचिएको हुनु हुँदैन । यदि यो टुटेफुटेको भए वैवाहिक जीवनमा तनाव सिर्जना हुन्छ । यसले पनि दम्पतिबीच नकारात्मक ऊर्जा प्रवाह गर्छ ।

तस्बिर
घरमा राखिएका तस्बिरका फ्रेम पनि फुटेको वा चर्किएको छ भने तुरुन्तै हटाइदिनुपर्छ । यस्ता तस्बिर राखे परिवारमा कलह उत्पन्न हुन्छ । आपसी मतभेद बढ्न सघाउँछ ।

ढोका
घरभित्र छिर्ने ढोका वा गेट टुटेको वा भाँचिएको भए अशुभ मानिन्छ । यसले पनि परिवारमा खटपटसँगै नकारात्मक ऊर्जा उत्पन्न गराउन सघाउँछ । जसलाई हामी निकै अशुभ मान्ने गर्छौं । तसर्थ घर छिर्ने ढोका वा गेट टुटेफुटेको भए त्यसलाई तत्काल मर्मत गर्नु उपयुक्त हुन्छ ।

फर्निचर
घरभित्र रहेका फर्निचरको अवस्था पनि हामीले चुस्त राख्नुपर्छ । घरभित्र टुटेफुटेका फर्निचर भए नकारात्मक ऊर्जा पैदा हुन्छ । पारिवारिक बेमेल उत्पन्न गराउने यस्ता वस्तुलाई थाहा पाउनेबित्तिकै मर्मत वा व्यवस्थापन गर्नुपर्छ । यसले हाम्रो परिवारमा सुख र समृद्धि निम्त्याउँछ ।

प्रकाशित मिति : २० पुष २०७६, आईतवार ०८:४७