१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

यस्तो बन्यो ‘साङ्लो’को ट्रेलर


२० पुस, काठमाडौं । अभिनेता विराज भट्टको कमब्याक फिल्म ‘साङ्लो’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा मिस नेपाल निकिता चन्दक र भट्टको मुख्य अभिनय छ ।

उसो त चन्दकको यो डेब्यु फिल्म पनि हो । ‘साङ्लो’ मा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौलालगायत कलाकारको अभिनय देख्न पाइन्छ ।

ट्रेलरमा भरपूर एक्सन देख्न सकिन्छ । मानकृष्ण महर्जनले खिचेको यो फिल्मलाई शिवम् अधिकारीले लेखेका छन् भने निर्देशन विराज भट्ट स्वयंले गरेका हुन् ।

भट्टकै लगानी रहेको ‘साङ्लो’  माघ २४ देखि अलनेपाल रिलिज हुनेछ ।

प्रकाशित मिति : २० पुष २०७६, आईतवार ०५:३८