११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

मेगा र टुरिजम बैंक गाभिए, वैशाख ३० देखि मेगा बैंक लिमिटेडका नाममा एकीकृत कारोबार हुने


२२ वैशाख, काठमाडौँ । हलोदेखि हाइड्रोसम्म लगानी गर्ने नारा लिएर ग्राहकका बीचमा चर्चित बनेको मेगा बैंक नेपाल लिमिटेड र टुरिजम डेभलपमेन्ट बैंक मर्ज भएका छन । दुबै बंकले मर्ज भएपछि यही वैशाख ३० देखि एकीकृत कारोबार गर्ने जनाएका छन ।

दुबै बैंकले शुक्रबार सार्वजनिक सूचना मार्फत वैशाख ३० देखि एकीकृत कारोबार हुने जनाएका छन । सूचना अनुसार मेगा बैंक नेपाल लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरका लागि राष्ट्र बैंकले यही वैशाख ९ गते स्वीकृति प्रदान गरेको थियो ।
यस्तो छ सूचना

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार ०९:२५