१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अनेरास्ववियूको ३३५ सदस्यीय केन्द्रीय कमिटी र २१/२१ सदस्यीय तीन आयोगको घोषणा (सूचीसहित)


१९ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे भ्रातृ संस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियूले) केन्द्रीय कमिटीको एकता प्रक्रिया टुंग्याएको छ । अनेरास्ववियुका इन्जार्ज हितमान शाक्य र सहइन्चार्ज विनोद ढकाल, संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङको उपस्थितिमा भएको फ्याक्सन कमिटीको बैठकले ३३५ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ ।

केन्द्रीय कमिटीमा तत्कालीन अनेरास्ववियुका तर्फबाट १८० जना र तत्कालीन अनेरास्ववियु  क्रान्तिकारीका तर्फबाट १५५ जना सदस्य रहेका छन । त्यस्तै  बैठकले अनुशासन, लेखा र निर्वाचन आयोग पनि टुंग्याएको छ । जसमा २१/२१ सदस्य रहेका छन । अनेरास्ववियूले १११ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी कमिटी र केन्द्रीय कार्यालय पनि गठन गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : १९ पुष २०७६, शनिबार ०७:५१